२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघले भन्यो : हिंसात्मक आक्रमण स्वीकार्य छैन

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् । उनका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितहरूको परिवारप्रति समवेदना प्रकट गरे ।

महासचिवले नागरिक र उपासना स्थलहरूलाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी, घाइते भएका व्यक्तिहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना समेत महासचिवले व्यक्त गरे ।

विज्ञप्तिमा विश्वसंघले आतंकवाद र हिंसात्मक चरमपन्थविरुद्ध पाकिस्तान सरकार र जनताको प्रयासमा सदैव एकजुटता र समर्थन रहेको पनि उल्लेख गरिएको छ।