काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाईकल र्याली निकालिएको छ ।
आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईँलाई तत्काल रिहा गर्न माग गर्दै र्याली निकालेका हुन् ।
उनीहरूले प्रसाईँलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईँलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
माइतीघर मण्डलाबाट सुरु भएको मोटरसाइकल र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।







