२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘होलीले समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्छ’ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली(फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्  ।

फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले  हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे । 

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रंगहरूको उत्सवका रूपमा फागुपूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइने सन्देशमा भनिएको छ ।

प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसंगीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने हाम्रो परम्पराले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउँदै आएको मुख्यमन्त्रीले भनेका छन् । 

“होलीमा प्रयोग हुने थरिथरिका रंग जस्तै हाम्रो नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधताबीचको एकताले नै हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ”, उनले भने, “यस पर्वले हामीबीचको भाइचारा, सहिष्णुता, एकता र सद्भावलाई अभिवृद्धि गर्दै बन्धुत्वको भावनालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

गण्डकी प्रदेश र हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जाति, भाषा, पेसा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’को संकल्पलाई साकार पार्न सबैको साझा प्रतिबद्धता, एकता र सहभागिता आवश्यक रहेको बताए ।

यस वर्षको होलीको संघारमा प्रतिनिधि सभा निर्वाचन हुँदै गरेको र निर्वाचन लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने महत्त्वपूर्ण अवसर भएको भन्दै सन्देशमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धताको पुनः पुष्टि गर्ने पर्व पनि रहेको उल्लेख गरिएको छ ।

सम्पूर्ण मतदाताहरूलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गर्दै उनले हाम्रो एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।