२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रौतहटमा कडा सुरक्षा प्रबन्ध, सेनाद्वारा हवाई निगरानी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।

जिल्लामा परिचालित नारायणदल गणले निर्वाचन केन्द्रित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। सम्भावित जोखिम मूल्यांकनका आधारमा जिल्लाभर निगरानी सुदृढ गरिएको जनाइएको छ।

सुरक्षा अवस्थालाई थप मजबुत बनाउन नेपाली सेनाले हवाई गस्तीसमेत सञ्चालन गरेको छ। विशेष गरी संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रहरूमा सुरक्षा उपस्थिति बढाइएको उल्लेख गरिएको छ।

सेनाका अनुसार मतदान स्थल र त्यस आसपास क्षेत्रमा ‘माइन प्रोटेक्टेड भेहिकल’ सहित अन्य सवारी साधन, मोटरसाइकल र पैदल गस्ती परिचालन गरिएको छ। आवश्यक परेमा बख्तरबन्द सवारी साधन प्रयोग गर्ने तयारीसमेत राखिएको बताइएको छ।

समग्र सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीच समन्वयात्मक रूपमा संयुक्त गस्ती तथा निगरानी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहट ले जनाएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभर भयरहित वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिएको प्रशासनको भनाइ छ।