२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख चयन प्रक्रिया सुरु, राजनीतिक लेनदेनभन्दा खुला संवाद हुनुपर्नेमा हर्क साम्पाङको जोड

अ+ अ-

काठमाडौँ । संघीय संसदमा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले यस पदबारे राजनीतिक लेनदेनभन्दा पनि खुला र सार्थक संवाद हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो विचार व्यक्त गर्दै पदका विषयमा सहमति खोज्ने नाममा सौदाबाजी उचित नहुने उल्लेख गरेका हुन् ।

संघीय संसद् सचिवालयले तोकेको कार्यतालिका अनुसार उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । दर्ता भएका उम्मेदवारहरूको नामावली सोही दिन दिउँसो साढे २ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको छ भने मतदान प्रक्रिया भोलि शुक्रबारका लागि तय गरिएको छ ।

यसअघि प्रतिनिधि सभाको सभामुख पदमा डोलप्रसाद अर्याल चयन भइसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार उपसभामुख पदका लागि भने महिला सांसदहरू मात्र उम्मेदवार बन्न सक्ने प्रावधान लागू हुनेछ ।

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको सात सदस्यीय उपस्थिति रहेको छ । उक्त दलबाट अम्बिका देवी संग्रौला, राधिका रम्तेल र रुबी कुमारी महिला सांसदका रूपमा रहेका छन् ।