काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को हालैका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिने भएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले ती निर्णयहरू औपचारिक रूपमा जानकारी गराउने कार्यक्रम तय गरिएको हो।
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आयोजना गरिएको उक्त पत्रकार सम्मेलन आज (शुक्रबार) अपराह्न ४ बजे हुने जनाइएको छ।
कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सभा हलमा सम्पन्न हुने र सञ्चारकर्मीहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।







