२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरेनियम अमेरिकालाई दिने हल्लाबीच मुस्ताङ पुगेको चिनियाँ टोलीबारे प्रशासनको स्पष्टीकरण : ‘शिष्टाचार भेट मात्रै’

अ+ अ-

काठमाडौँ । मुस्ताङ पुगेको चिनियाँ प्रतिनिधिमण्डलसँग भएको भेटघाट शिष्टाचारमा सीमित रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्पष्ट पारेको छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न वृत्तमा ‘नेपालको युरेनियम अमेरिकालाई दिने’ भन्ने हल्लासँग जोडेर उक्त भ्रमणलाई व्याख्या गरिएको भए पनि प्रशासनले भने उक्त भेटलाई शिष्टाचार मात्रै भएको जनाएको हो । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अजिता शर्माका अनुसार चिनियाँ टोली शुक्रबार मुस्ताङ पुगेको थियो र सो अवसरमा सामान्य शिष्टाचार भेटघाट मात्र सम्पन्न भएको हो। “उहाँहरू शुक्रबार आउनु भएको शिष्टाचार भेटघाटका लागि हो। हाम्रो सामान्य शिष्टाचार भेटघाट भयो, त्यो सामान्य कुरा भयो,” उनले भनिन् । 

प्रजिअ शर्माले उक्त भेटघाट मन्त्रालयबाट स्वीकृति लिएरै भएको स्पष्ट पार्दै कुनै संवेदनशील वा विशेष विषयमा छलफल नभएको प्रशासनलाई जानकारी दिइन् । “मन्त्रालयबाटै एप्रुभल लिएर भेटघाट भएको हो र सो क्रममा सामान्य कुराकानी भयो,” उनले सिंहदरवार विशेष ब्युरोसँग भनिन् । 

उनका अनुसार उक्त टोलीमा चारदेखि पाँच जना सदस्य रहेका थिए। भेटघाटका क्रममा नियमित औपचारिक संवाद बाहेक अन्य विषयमा विशेष छलफल नभएको प्रशासनले जनाएको छ।

युरेनियमसम्बन्धी हल्लाबारे प्रशासनले राखेको जिज्ञासामा प्रजिअ शर्माले त्यस्तो विषयमा कुनै पनि प्रकारको छलफल नभएको स्पष्ट पारिन् “त्यसबारे केही पनि कुरा भएको छैन। अरूले पनि तपाईँले भनेजस्तै सोध्नु चाहिँ भएको थियो, तर त्यस्तो विषयमा हाम्रो खास केही छलफल भएन,” उनले भनिन् । 

यसबीच, भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले ‘नेपाल अरबौँको युरेनियम भण्डार अमेरिका हस्तान्तरण गर्ने तयारीमा’ रहेको आशयको शीर्षकसहित समाचार प्रकाशित गरेसँगै नेपालमा पनि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो। यद्यपि, उक्त मिडियाले सो दाबी स्वतन्त्र रूपमा पुष्टि नगरेको जनाइएको छ। 

पछि सोही सञ्चारमाध्यमले “नेपाल अमेरिका सँग युरेनियम भण्डारसम्बन्धी कुनै सम्झौता गरिरहेको छैन, गलत दाबी गरिएको हो” भन्ने आशयको अर्को सामग्री प्रकाशित गर्दै अघिल्लो दाबीप्रति स्पष्टीकरण दिएको थियो।

0 Comments