२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई सोमबार दर्ज्यानी चिन्ह, गृहसचिवले लगाइदिने

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाइने भएको छ ।

१८ वैशाखमा चार वर्षे पदावधि पूरा गरी पूर्व आईजीपी राजु अर्याल अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा सरकारले पौडेललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । शनिबारदेखि नै पद रिक्त रहे पनि बीचमा दुई दिन सार्वजनिक बिदा परेकाले सोमबार मात्रै फुली लगाउने कार्यक्रम तय गरिएको हो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पौडेललाई गृहसचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह लगाउने छन् । यसअघि निवर्तमान गृहमन्त्री सुधन गुरुङले आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए, जससँगै ‘चेन अफ कमाण्ड’ को विषयलाई लिएर पक्ष–विपक्षमा बहस भएको थियो ।

उक्त अभिव्यक्तिपछि आईजीपीलाई कसको हातबाट दर्ज्यानी चिन्ह लगाइने भन्ने विषयमा बहस भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गृह मन्त्रालय मातहत नै रहेको तथा शान्ति–सुरक्षा र सुव्यवस्था कायम गर्ने सवालमा स्थायी सरकारको प्रतिनिधिका रूपमा गृहसचिवबाटै फुली लगाइँदै आएको प्रचलन कायम राख्नुपर्ने मतसमेत व्यक्त भएका थिए । अन्ततः यसअघिकै प्रचलनअनुसार गृहसचिवबाटै फुली लगाइने तय भएको प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले सोमबार बिहान पौने ९ बजे फुली लगाउने कार्यक्रम तय गरेको पनि स्रोतले जनाएको छ ।

0 Comments