२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा डा. बद्री रिजाल निर्वाचित भएका छन्।

मत परिणामअनुसार रिजालले आफ्ना निकट प्रतिस्पर्धी डा. मंगल रावलभन्दा २५६ बढी मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। रिजालले ३,१९६ मत प्राप्त गर्दा रावलले २,९४० मत पाए। तेस्रो उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत ल्याएका थिए।

वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी विजयी भएका छन्। उनले ३,०३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २,३०२ मत र डा. अजय कुमार मिश्रले १,४२१ मत पाएका छन्।

महासचिव पदमा डा. विश्वराज दवाडी निर्वाचित भएका छन्। उनले २,७२२ मत ल्याउँदा डा. कालुसिंह खत्रीले २,४२३ मत र डा. अमृत भुसालले १,६४६ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्ष पदमा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै डा. रोशन खड्का (कोशी), डा. अमृत राजन मिश्र (मधेश), डा. सुवास भट्टराई (बागमती), डा. योगेशराज सिग्देल (गण्डकी), डा. नन्दा गुरुङ (लुम्बिनी), डा. रविन खड्का (कर्णाली) र डा. प्रमोद जोशी (सुदूरपश्चिम) निर्वाचित भएका छन्।

संघको सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल चयन भएका छन्। सदस्य पदमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन्।

निर्वाचन काठमाडौँ उपत्यकाबाहिर वैशाख ४/५ गते तथा उपत्यकाभित्र वैशाख १७ र १८ गते सम्पन्न भएको थियो। कुल ७,१०० मत खसेको निर्वाचनमा यसपटक तीन वटा प्यानल-टिम बन्द्री, टिम मंगल र टिम रिफर्म-बीच प्रतिस्पर्धा भएको थियो।

0 Comments