२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीशसहित संवैधानिक नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन शाह (बालेन)ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहीबार साँझ ५ बजे बस्ने तय गरिएको छ।

बैठकमा प्रधान न्यायाधीश नियुक्तिको सिफारिससहित विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को बैठक तथा संवैधानिक नियुक्ति प्रक्रियाको बाटो खुलेको हो। अध्यादेश जारी भएसँगै अब परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या चार जना भए पुग्ने व्यवस्था गरिएको छ।

यस्तै परिषद्को निर्णयका लागि अध्यक्षसहित कम्तीमा तीन सदस्यको समर्थन आवश्यक पर्ने प्रावधान राखिएको छ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रधान न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। हाल सर्वोच्च अदालतमा प्रधान न्यायाधीश पद रिक्त रहेकाले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल परिषदमा सहभागी हुने व्यवस्था रहेको छ।

हाल प्रधान न्यायाधीशसहित प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलगायत विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, समावेशी आयोग, महिला आयोग, मुस्लिम आयोग तथा थारू आयोगमा पनि केही पद रिक्त रहेको जनाइएको छ।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्ले नाम सिफारिस गर्ने र त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

0 Comments