२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्री पोखरेल र अस्ट्रेलियाका राजदूत साइमनबीच शिष्टाचार भेटवार्ता 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, शैक्षिक सहकार्य तथा विकास साझेदारीका विभिन्न पक्षबारे विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

विशेषगरी उच्च शिक्षामा अन्तरदेशीय शैक्षिक व्यवस्थापन र सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको भेटमा सहभागी स्रोतले जनाएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले अस्ट्रेलियासँग उच्च शिक्षाका क्षेत्रमा सहकार्य र साझेदारी विस्तार गर्न नेपाल सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक कानुनी तथा नीतिगत प्रबन्ध अघि बढाइने बताए ।

उनले गुणस्तरीय विश्वस्तरीय शिक्षा स्वदेशमै उपलब्ध गराउने उद्देश्यसहित शिक्षा क्षेत्रमा सुधारका नीति अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । साथै, विद्यालय शिक्षाको सुधारमा अन्य विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य विस्तार गर्न मन्त्रालय तयार रहेको उनले स्पष्ट पारे ।

भेटका क्रममा राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शैक्षिक व्यवस्थापनबारे चासो व्यक्त गर्दै अस्ट्रेलियाका विभिन्न शैक्षिक कार्यक्रमसँग नेपालसँगको सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए ।

0 Comments