२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने, राज्यकोष प्रयोग नहुने मन्त्री रावलको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम सरकारी कोषबाट नभई सम्बन्धित सहकारी संस्थाको ऋण असुली प्रक्रियामार्फत फिर्ता गरिने स्पष्ट पारेकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार ऋण असुली, बचतकर्तालाई रकम फिर्ता तथा नियमन प्रणाली सुदृढीकरणमा केन्द्रित रहेको बताइन् ।

उनका अनुसार बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न सहकारीका ऋणीहरूलाई बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना समेत जारी गरिसकिएको छ ।

मन्त्री रावलले सहकारी बचत फिर्ताका लागि आवश्यक बजेट अघिल्लो चरणमै विनियोजन भइसकेको र हालको सरकारले त्यसको निकासा प्रक्रिया मात्र अघि बढाएको जानकारी पनि दिइन् ।

सहकारी क्षेत्रको निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउन अध्यादेशमार्फत केही कानुनी व्यवस्था संशोधन गरिएको उल्लेख गर्दै उनले नियमन प्रणालीलाई थप कडाइका साथ लागू गर्ने सरकारको तयारी रहेको बताइन् ।

Leave a Reply