२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको कार्यशैली अमेरिकी राष्ट्रपतीय मोडेलसँग मिल्दोजुल्दो देखिएको एमालेको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैली वर्तमान संसदीय प्रणालीसँग मेल नखाने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको अभ्यास प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको शैलीसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गरेका हुन्।

दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा संसदीय लोकतन्त्रको अभ्यास भइरहे पनि व्यवहारमा कार्यकारी शक्ति केन्द्रीकृत ढंगले प्रयोग भइरहेको आरोप लगाए।

पोखरेलका अनुसार संसदीय प्रणालीमा सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि हालका प्रधानमन्त्रीले संसदमा पर्याप्त उपस्थिति नजनाएको र जबाफदेहितामा कमी देखिएको छ। उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने क्रममा समेत प्रधानमन्त्रीको अनुपस्थितिलाई उदाहरणका रूपमा उल्लेख गरे।

उनले लोकतान्त्रिक शासन प्रणालीको मूल आधार नै जनप्रतिनिधिमूलक संस्थाप्रति उत्तरदायित्व भएको स्पष्ट पार्दै वर्तमान अभ्यास त्यस सिद्धान्तसँग असंगत देखिएको दाबी गरे।

महासचिव पोखरेलले सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरूलाई उल्ट्याउने प्रवृत्ति देखाएको भन्दै त्यसलाई संसदीय अभ्यासको सामान्य प्रक्रियासँग मेल नखाने बताए।

उनका अनुसार सरकारको यस्तो शैलीले प्रशासनिक स्थिरता कमजोर पार्ने जोखिम रहनेछ। उनले भविष्यमा सरकारहरू बारम्बार परिवर्तन हुने अवस्था आएमा राज्यका निर्णयहरू निरन्तर उल्ट्याउने प्रवृत्ति बढ्न सक्ने भन्दै त्यसले शासन प्रणालीमै अस्थिरता निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

0 Comments