काठमाडौँ । नेकपा एमालेले पदाधिकारीहरूको वरीयता निर्धारणसम्बन्धी प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत गरेको छ। सोमबार बसेको बैठकमा नेतृत्व तहको जिम्मेवारी र क्रम निर्धारणसम्बन्धी प्रस्तावमाथि छलफल अघि बढाइएको हो।
प्रस्तावअनुसार अध्यक्षमा केपी शर्मा ओली यथावत् रहेका छन् भने उपाध्यक्षतर्फ रामबहादुर थापालाई पहिलो वरीयतामा राखिएको छ। त्यसपछि विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तको नाम क्रमशः प्रस्ताव गरिएको छ।
महासचिवमा शंकर पोखरेल रहेका छन्। उपमहासचिवतर्फ लेखराज भट्ट पहिलो, रघुबीर महासेठ दोस्रो तथा योगेश भट्टराई तेस्रो वरीयतामा प्रस्तावित भएका छन्।
सचिव समूहमा छविलाल विश्वकर्मालाई पहिलो स्थानमा राखिएको छ। त्यसपछि पद्या अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई र हिक्मत कार्की क्रमशः रहेका छन्। महेश बस्नेतलाई सचिवमध्ये नवौँ वरीयतामा प्रस्ताव गरिएको छ।
पार्टी सचिवालयमा प्रस्तुत उक्त प्रस्तावमाथि थप छलफलपछि औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ।







