२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । उपसभामुख रुवी कुमारी ठाकुरले दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक विकृतिविरुद्ध अन्तिम समयसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम नगरेसम्म दाइजो प्रथाको अन्त्य सम्भव नहुने बताइन्।

‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔँ, छोरी बचाऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा उनले विशेष गरी मधेश क्षेत्रमा दाइजोका कारण महिलामाथि हिंसा र विभेद बढिरहेको उल्लेख गरिन्। दाइजोको दबाबकै कारण छोरी तथा बुहारीले ज्यान गुमाउने घटना हुने गरेको र गर्भमै छोरी हत्या हुने अवस्था समेत देखा परेको उनको भनाइ थियो।

उपसभामुख ठाकुरले दाइजो प्रथा मधेश क्षेत्रमा गहिरो रूपमा फैलिएको भए पनि यसको प्रभाव क्रमशः अन्य क्षेत्रमा समेत देखिन थालेको बताइन्। सामाजिक व्यवहार र सोचमा परिवर्तन नआएसम्म कानुनी व्यवस्था मात्र पर्याप्त नहुने धारणा राख्दै उनले छोरीलाई पनि छोरा सरह शिक्षा, अवसर र सम्मान दिनुपर्नेमा जोड दिइन्।

उनले समाजमा अझै पनि छोरीलाई बोझका रूपमा हेर्ने मानसिकता विद्यमान रहेको उल्लेख गर्दै छोरीलाई अभिशाप नभई अवसर र सम्भावनाका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै, विवाहपछि बुहारीप्रति सम्मानजनक व्यवहार गर्न अभिभावकलाई आग्रह गरिन्।

कार्यक्रममा सहभागी नितिमा भण्डारी कार्की ले दाइजो प्रथा अन्त्यका लागि महिला मात्र नभई युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। कानुनी प्रावधान र जनचेतना विस्तार भए पनि व्यवहारिक परिवर्तनको अभावले महिलाहरू अझै पीडित भइरहेको उनको भनाइ थियो।

त्यसैगरी, राजकुमार महतो ले गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि मात्र छोरीको विवाह गर्ने परिवारलाई सम्मान गर्दै आएको जानकारी दिए। उनका अनुसार पछिल्ला चार वर्षदेखि कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको छ।

महतोका अनुसार कक्षा १२ पछि स्नातक तह अध्ययन गर्ने छोरीलाई ११ हजार रुपैयाँ सहयोग प्रदान गर्ने व्यवस्था पनि लागू गरिएको छ। गाउँपालिकाले हालसम्म १५७ जना छोरीलाई ५० हजार रुपैयाँ र १९७ जनालाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराइसकेको जनाएको छ।

कार्यक्रमका अवसरमा ३५४ जना छोरी तथा उनीहरूका परिवारलाई उपसभामुख ठाकुरको उपस्थितिमा सम्मान गरिएको थियो।

0 Comments