२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका घाइतेको उपचार नि:शुल्क गर्न मानव अधिकार आयोगको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा औषधि खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भई हालसम्म उपचाररत व्यक्तिहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउनुपर्ने उल्लेख गरेको हो। यससम्बन्धी अध्ययन तथा छानबिनका लागि आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो।

समितिको प्रतिवेदनका आधारमा आयोगले लामो समयसम्म उपचार आवश्यक पर्ने वा नियमित औषधि सेवन गर्नुपर्ने अवस्था रहेका व्यक्तिहरूको उपचार खर्चसमेत राज्यले व्यहोर्नुपर्ने सुझाव दिएको छ। त्यस्ता व्यक्तिका हकमा सम्बन्धित चिकित्सकबाट सिफारिस भएको आधारमा आवश्यक उपचार र औषधि नि:शुल्क उपलब्ध गराउनुपर्ने आयोगको भनाइ छ।

यस्तै, आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारको जीविकोपार्जनको अवस्थालाई ध्यानमा राख्दै आयोगले आश्रित परिवारका कम्तीमा एक सदस्यलाई रोजगारी वा स्वरोजगारको अवसर उपलब्ध गराउन पनि सरकारलाई सिफारिस गरेको छ।

आयोगले यस्तो व्यवस्था मार्फत प्रभावित परिवारको जीवनयापनको अधिकार संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

0 Comments