२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली नदीमा सेनाको विपद् अभ्यास

अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन-६’ गरेको छ ।

नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो ।

बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमूना अभ्यास गरिएको बताए।

“महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि एकत्रित भएका छौँ”, सेनानी शाहीले भने”, उनले विपद्मा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने गरेको जानकारी दिए। नमूना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले संयुक्त अभ्यास देखाएका थिए ।

त्यसैगरी, कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदीको किनारको क्षेत्र बाढी तथा विपद्को जोखिममा रहेकाले स्थानीय नागरिक वर्षातका बेला सजग हुनुपर्नेमा जोड दिए। उनले महाकाली नदीमा पौडी खेल्ने, रमाइलो गर्ने क्रममा धेरै नागरिकहरूले ज्यान गुमाउनुपरेको भन्दै बोहराले वर्षातका बेला ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा संकलन लगायतका गतिविधि गर्न नहुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सेनाको उक्त नमूना अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य थियो ।

0 Comments