काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रीमार्फत प्रस्तुत गरिएको स्पष्टीकरण पर्याप्त नहुने अडान दोहोर्याएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आफ्नो धारणा राख्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले उक्त विषयमा सरकारको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको जवाफलाई स्वीकार गर्न नसकिने बताए।
उनले प्रधानमन्त्रीबाटै विवादित अभिव्यक्तिबारे स्पष्ट धारणा आउनुपर्ने उल्लेख गर्दै त्यससम्बन्धी उत्तर प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गरे।
एमालेले सीमा सम्बन्धी विषयलाई राष्ट्रिय स्वाधीनतासँग जोडिएको संवेदनशील मुद्दाका रूपमा व्याख्या गर्दै यसबारे प्रत्यक्ष रूपमा प्रधानमन्त्रीकै स्पष्टीकरण आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ।







