२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान-अमेरिका सम्झौता अन्योलमा

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् ।

तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए । उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकीपक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता ‘उच्च राजनीतिक तहमा स्वीकृत’ भइसकेको दाबी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गरेका छन् । उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने बताउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरे । ट्रम्पका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रभाव देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको छ ।

सम्भावित सम्झौतामा अमेरिका र क्षेत्रीय सहयोगीहरू, विशेषगरी इजरायलसमेत सहभागी रहेको ट्रम्पको दाबी छ । उनका अनुसार वार्ताका मुख्य बुँदा र विस्तृत रूपरेखा सबै पक्षबाट स्वीकृत भइसकेका छन् ।

तर, इरानले उक्त दाबी अस्वीकार गर्दै सम्झौता अझै टुंगोमा नपुगेको स्पष्ट पारेको छ । तेहरानले अमेरिकीपक्षले बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्ता जटिल बन्दै गएको जनाएको छ । इरानी सञ्चारमाध्यमले ट्रम्पले पछिल्ला महिनामा दर्जनौँपटक सम्झौता नजिक पुगेको दाबी दोहोर्‍याएको उल्लेख गर्दै त्यसप्रति शंका व्यक्त गरेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानी सर्वोच्च नेतृत्वले सम्झौता स्वीकार गरेको जस्तो आफूले बुझ्ने बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल भएको उल्लेख गर्दै सम्झौतामा इरानको समृद्ध आणविक सामग्री हटाउने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय समावेश हुने बताए ।

क्षेत्रीय कूटनीतिक प्रयास पनि तीव्र बनेको छ । पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता अघि बढिरहेको बताइएको छ भने इजिप्टले पनि दुवै पक्षलाई उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

२८ फेब्रुअरीमा इरानमाथि भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको भनिएको युद्ध अप्रिलको युद्धविरामपछि रोकिएको भए पनि स्थायी समाधान अझै नदेखिएको अवस्थामा पछिल्लो कूटनीतिक पहल आएको हो ।

तेहरानमा भने नागरिकहरू युद्ध र आर्थिक दबाबले निराश बनेका छन् । एक स्थानीय ३५ वर्षीय फार्मासिस्ट माजिदले दुई देशबीचको दूरी अझै ठूलो भएकाले तत्काल सम्झौतामा विश्वास गर्न नसकिने बताए ।

यता, इरानी सैन्य नेतृत्वले अमेरिकाले पुनः आक्रमण गरे कडा प्रतिकार हुने चेतावनी दिएको छ । साथै, इरानले स्ट्रेट अफ हर्मुजमा निगरानी कडा बनाउँदै तेल तथा ग्यास ढुवानी मार्ग ‘अर्को सूचना नआउञ्जेल’ सीमित गरिएको जनाएको छ, जसले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ ।

ट्रम्पको आशावादी दाबी र तेहरानको अस्वीकारबीच मध्यपूर्वको कूटनीतिक वातावरण अझै अनिश्चित बनेको छ ।

0 Comments