१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग

अ+ अ-

काठमाडौँ । सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, “कुनैपनि जिल्लामा डिएपी र यूरिया खाद्य पुगेको छैन, हामीले हरेक वर्ष कुरा उठाउँदै आएका छौँ, तर सरकारले सुनेको छैन, सरकारले कृषि माफियाको अन्त्य गर्नुपर्छ ।”

सांसद यज्ञबहादुर बोगटीले अछामको मङ्गलसिंह नगरपालिका–५ निवासी ३० वर्षीय रेवन्त विष्ट काठमाडौँमा डेरा गरी बस्दै आएकामा केही दिनदेखि बेपत्ता भएको बताए । उनले प्रहरीमा उजुरी दिँदा पनि खोजी नभएको उल्लेख गर्दै खोजी गर्न सरकारसमक्ष आग्रह गरे । 

सांसद साजिदा खातुन सिद्धिकाले बाल अधिकार संरक्षणमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद राजेन्द्रकुमार राईले खेत रोप्ने बेलामा किसानले मल नपाएको बताए । सांसद रञ्जु न्यौपानेले पछिल्लो समय साइबर अपराध बढ्दै गएको भन्दै साइबर ब्यूरोलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरे । 

सांसद निश्कल राईले चिया र सुपारीखेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले भने, “दूध किसानले दूधको मूल्य नपाएको ६ महिना भयो, दूधको मूल्य उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु ।” सांसद जोककुमार बरबरिया यादवले जल, जमिन, जंगल र चुरे संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।  

सांसद क्षितिज थेबेले सरकारले ताप्लेजुङको फुङ्लिङ बजार र सुकेटार सडक खण्डमा पर्ने घर घहरा अटाउने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै टहरामा बस्दै आएकाहरूको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए। 

सांसद मोहम्मद फिरदोश आलमले बिहीबार बिहान रौतहटका दीपनारायण राउतकी श्रीमतीको अज्ञात समूहले हत्या गरेको उल्लेख गर्दै दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरे । 

0 Comments