१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठमा ६१ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको अनुमति

अ+ अ-

काठमाडौँ । चालु वर्षको जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा कुल ६१ हजार ७२ जनाले विदेशमा रोजगारीका लागि अनुमति लिएका हुन् । तीमध्ये ५३ हजार ६ सय ९८ जना पुरुष र ७ हजार ३ सय ७४ जना महिला रहेका छन् ।

विभागको विवरणअनुसार वैशाख महिनाको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको देखिएको छ । वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति लिएका थिए ।

जेठ महिनामा संस्थागत माध्यमबाट अर्थात् मेनपावर कम्पनीमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यस्तै व्यक्तिगत पहलबाट ११ हजार ५ सय ३ जना र सरकार–सरकारबीचको सम्झौता (जी–टु–जी) प्रक्रियाबाट ६ सय ५२ जनाले अनुमति लिएका छन् ।

यस अवधिमा विदेशमा कार्यरत रहेर पुनः रोजगारीका लागि जाने २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । साथै, आवश्यक कागजातविहीन अवस्थामा रहेका ९१ जना श्रमिकको स्थिति वैधानिक बनाइएको विभागले जनाएको छ ।

गन्तव्य मुलुकका आधारमा जेठमा सबैभन्दा धेरै नेपाली श्रमिक मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले अनुमति लिएका छन् ।

त्यसपछि संयुक्त अरब इमिरेट्स का लागि ५ हजार ३ सय ९४ जना, कतार का लागि २ हजार ८ सय ८३ जना, साउदी अरेबिया का लागि २ हजार ५ सय ९८ जना र रोमानिया का लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।

0 Comments