६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा महाधिवेशनका क्रममा प्रधानमन्त्री शाह र सभापति लामिछानेको एउटै रिसोर्टमा बसाइ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), पार्टी सभापति रवि लामिछाने तथा पार्टीका अन्य शीर्ष नेताहरूको बसाइ एउटै रिसोर्टमा हुने भएको छ।

महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन पुगेका प्रधानमन्त्री शाह कालिका नगरपालिका–९, शक्तिखोरस्थित लटौली स्यान्चुरी रिसोर्टमा बसेका छन्। रास्वपाका सभापति लामिछानेसहित अन्य शीर्ष नेताहरूको बसाइ पनि सोही रिसोर्टमा व्यवस्थापन गरिएको जनाइएको छ।

महाधिवेशन अवधिभर प्रधानमन्त्री शाह, सभापति लामिछाने, गृहमन्त्री सुदन गुरुङ तथा अन्य नेताहरू सोही रिसोर्टमा रहने कार्यक्रम रहेको स्रोतहरूले बताएका छन्। महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनुअघि प्रधानमन्त्री शाह रिसोर्ट पुगेका थिए भने त्यसपछि सभापति लामिछानेसँगै उद्घाटनस्थल पुगेका थिए।

महाधिवेशनस्थलबाट करिब १६ देखि २० किलोमिटर दूरीमा रहेको उक्त रिसोर्ट हालै सञ्चालनमा आएको हो। रिसोर्टमा रहेका कोठाहरू महाधिवेशनका लागि आएका विशिष्ट अतिथि तथा नेताहरूको बसाइका लागि आरक्षित गरिएको जनाइएको छ।

प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको बसाइ हुने भएपछि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। सुरक्षा निकायले यसअघि नै रिसोर्ट क्षेत्रमा सुरक्षा निरीक्षण तथा आवश्यक समन्वय गरेको प्रशासन उच्च स्रोतको भनाइ छ।

रास्वपाको प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ। सोही क्रममा पार्टीका शीर्ष नेताहरूको बसाइ एउटै स्थानमा व्यवस्थापन गरिएको हो।

महाधिवेशनमा सहभागी नेताहरूको बसोबास व्यवस्थापनका कारण रिसोर्टले अन्य सेवाग्राहीका केही पूर्वनिर्धारित बुकिङसमेत रद्द गरेको जनाइएको छ।

0 Comments