२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’- गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा ले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन्। झापामा आयोजित कार्यक्रममा उनले पार्टीभित्रको इतर समूहका नेताहरूलाई संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

पूर्व सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भ उल्लेख गर्दै थापाले पार्टी अब प्रणालीमा आधारित ढंगले अघि बढ्ने बताए।

उनले भने, “म सबै नेताहरूलाई सम्मान गर्छु, सबैले अधिवेशनमा सहभागी हुनुपर्छ भन्ने पनि ठान्छु। तर कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।”

थापाका अनुसार अब पार्टीको सदस्यता व्यवस्थापन पूर्ण रूपमा प्रणालीमा आधारित हुनेछ र अद्यावधिक नगरेका व्यक्तिहरू क्रियाशील सदस्यको सूचीमा समावेश हुने छैनन्।

उनले वडा स्तरको अधिवेशन सुरु हुँदा यसको प्रत्यक्ष प्रभाव देखिने उल्लेख गर्दै भने, “निर्वाचन प्रतिनिधिले सूची बोकेर आउँदा अद्यावधिक नभएका साथीहरूको नाम आउँदैन। सिस्टममै देखिँदैन।”

सभापति थापाले काँग्रेसमा नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै त्यसप्रति आफू उत्साहित रहेको पनि बताए। उनले युवा पुस्तालाई पार्टीको भविष्यका रूपमा प्रस्तुत गर्दै पुरानो शैलीमा नेतृत्वमा अड्किएर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरे।

0 Comments