काठमाडौँ । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका -६ का जितेन्द्र मिश्र रहेका छन् । मधेश भवन भित्रैबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बिहान मधेश भवनस्थित मन्त्रालय अगाडि पार्किङ गरी राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडी तोडफोड गरिएको थियो ।






