६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसाले खाएको चामल पुन: प्याक गरिँदै भेटिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ३९ बोरा रोक्का

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले मोरङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा गरिएको अनुगमनपछि ३९ बोरा चामलको बिक्री–वितरण रोक्का गरेको छ।

विभागले सोमबार(आज) सार्वजनिक गरेको विवरणअनुसार कार्यालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँगको संयुक्त अनुगमन टोलीमार्फत असार ९ गते उक्त कम्पनीको स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीतका विभिन्न अवस्था भेटिएपछि आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा चामलको बोरामा ब्याच नम्बर र मूल्य उल्लेख नगरी बिक्री–वितरण गरिएको, गोदाममा सरसफाइको कमी रहेको, मुसालगायत जीवजन्तु नियन्त्रण प्रभावकारी नभएको तथा चामल भण्डारण कक्षको तापक्रम अत्यधिक रहेको पाइएको छ। त्यसैगरी, सम्पूर्ण लेबल विवरण उल्लेख नगरिएका खाद्य पदार्थ बिक्री–वितरण भइरहेको समेत निरीक्षण टोलीले जनाएको छ।

विभागका अनुसार २५ किलोग्रामका ३९ बोरा स्टिम जीरा मसिनो चामल मुसाले क्षति पुर्‍याएको अवस्थामा फेला परेको थियो। उक्त चामल डल्ला परेको अवस्थामा कामदारहरूले नयाँ बोरामा पुन: प्याक गरिरहेको पनि अनुगमन टोलीले भेटाएको जनाएको छ। साथै, चामलमा साना–साना डल्ला (चिलेसा) परेको र ती डल्लाभित्र जैविक पदार्थसमेत देखिएको उल्लेख गरिएको छ।

यी अवस्थालाई ध्यानमा राख्दै उत्पादन मिति २०८१ चैत १५ र दुई वर्ष उपभोग्य अवधि रहेको २५ किलोग्रामका ३९ बोरा स्टिम जीरा मसिनो चामल अर्को निर्देशन नभएसम्म बिक्री–वितरण नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।

यसैगरी, चामलको गुणस्तर परीक्षणका लागि प्रयोगशालामा परीक्षण गरिने उद्देश्यले नमुना संकलन गरिएको छ।

विभागका अनुसार उक्त दिन मोरङ जिल्लामा एकवटा खाद्य व्यवसायको मात्र संयुक्त अनुगमन गरिएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप परीक्षणको नतिजाका आधारमा आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

0 Comments