१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान्यायाधिवक्ता कँडेलको आवतजावत विवरण र नियुक्ति सिफारिससम्बन्धी कागजात झिकाउन आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका क्रममा अध्यागमन विभागलाई नेपाल र बेलायतबीचको उनको आवतजावतको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सन् २०१५ देखि २०२४ सम्म नेपाल–बेलायत आउजाउ तथा बसाइसँग सम्बन्धित सम्पूर्ण विवरण अदालतमा उपलब्ध गराउन निर्देशन दिएको हो।

इजलासले महान्यायाधिवक्तामा नियुक्तिका लागि २०८२ साल चैत २२ गते प्रधानमन्त्रीबाट भएको सिफारिससम्बन्धी निर्णयसमेत झिकाउन आदेश दिएको छ।

महान्यायाधिवक्ता पदका लागि आवश्यक संवैधानिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू माधवकुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। निवेदकहरूले सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता आवश्यक पर्ने उक्त पदका लागि डा। कँडेल आवश्यक योग्यता नपुग्ने दाबी गरेका छन्।

सर्वोच्च अदालतले रिट निवेदनसँग सम्बन्धित तथ्यको न्यायिक परीक्षणका लागि अध्यागमन अभिलेख तथा नियुक्ति सिफारिससम्बन्धी निर्णय उपलब्ध गराउन आदेश दिएको हो।

0 Comments