१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यरत नरहेका कर्मचारीका ४ हजारभन्दा बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने प्रक्रिया अघि बढ्यो

अ+ अ-

काठमाडौँ । कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कारणले सेवाबाट बाहिरिइसकेपछि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश अनुमति पास प्रणालीमा सक्रिय रहेको पाइएको छ। यस अवस्थालाई सुधार गर्न सम्बन्धित निकायले ती पास निष्क्रिय बनाउने प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा विमानस्थल सुरक्षा व्यवस्थासम्बन्धी गरिएको अध्ययनले हाल कार्यरत नरहेका व्यक्तिका ४ हजार ७२ प्रवेश पास अझै सक्रिय रहेको देखाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त अध्ययनपछि प्रधानमन्त्री कार्यालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्ता प्रवेश पास प्रणालीबाट हटाउने तथा प्रयोग गर्न नमिल्ने बनाउने कार्यलाई तीव्रता दिएको छ।

प्राधिकरणका महानिर्देशक मुकेश डंगोलका अनुसार सक्रिय देखिएका ४ हजार ७२ पासमध्ये हालसम्म ५०७ वटा संकलन गरी भौतिक रूपमा नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय बनाउने काम सुरु भइसकेको छ।

उनले सरुवा भएका कर्मचारीका प्रवेश पास फिर्ता गराउन सम्बन्धित निकायहरूलाई परिपत्र पठाइएको, केही कर्मचारीबाट स्वेच्छिक रूपमा पास फिर्ता प्राप्त भएको तथा अन्यलाई टेलिफोनमार्फत सम्पर्क गरी पास बुझाउन आग्रह गरिएको जानकारी दिए।

प्रधानमन्त्री कार्यालयका अनुसार विमानस्थलको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै आवश्यक सुधारात्मक उपायहरू कार्यान्वयन गर्ने क्रममा सचिव गोविन्दबहादुर कार्कीलाई समन्वयको जिम्मेवारी दिइएको छ। सोही संयोजनमा विमानस्थल सुरक्षा, अनुगमन तथा सुधारसम्बन्धी कार्यहरू अघि बढाइएको जनाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तथ्यांक अनुसार सन् २०२४ जनवरी १ यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि फोटोसहितका १२ हजार ४०२ स्थायी र फोटोरहित एक हजार ४१३ अस्थायी गरी कुल १३ हजार ८१५ प्रवेश पास जारी भएका छन्। तीमध्ये फोटोसहितका ७ हजार ६७७ पास सक्रिय र ४ हजार ७२५ निष्क्रिय रहेका छन्। त्यस्तै फोटोरहित पासमध्ये १ हजार ३२८ सक्रिय तथा ८५ निष्क्रिय अवस्थामा छन्।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० (तेस्रो संशोधन) बमोजिम प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको जनाएको छ। कार्यविधिको नियम २० अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कुनै कारणले जिम्मेवारीबाट बाहिरिएपछि तीन दिनभित्र प्रवेश पास सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था छ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका २०१ संस्था आबद्ध छन्। ती संस्थाले आ-आफ्नै प्रणालीअनुसार कर्मचारी नियुक्त गर्ने भएकाले स्थायी, अस्थायी तथा आउटसोर्सिङ कर्मचारीको एकीकृत वर्गीकृत विवरण तत्काल उपलब्ध नभएको जनाएको छ।

महानिर्देशक डंगोलले प्रवेश पास सामान्यतया दुई वर्षका लागि जारी हुने जानकारी दिँदै अध्ययन प्रतिवेदनले समयमै निष्क्रिय नगरिएका पासको दुरुपयोग हुन सक्ने जोखिम औँल्याएको बताए। अभिलेख व्यवस्थापनलाई व्यवस्थित र एकरूप बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार निष्क्रियकरण अभियानलाई निरन्तरता दिइएको पनि उनले उल्लेख गरेका छन्।

0 Comments