काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी स्वामित्वको संस्थानमा प्रवेश गरी करिब दुई दशक सेवा गर्दै बढुवा, तलब-भत्ता र अन्य सुविधा लिएको आरोपमा आयोगले आज विशेष अदालत काठमाडौँमा झाविरुद्ध मुद्दा दायर गरेको हो ।







