१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारी ठगीमा एकै दिन २५ मुद्दा दर्ता, १९ जनाविरुद्ध पक्राउ पुर्जी

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकै दिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार असार १९ गते वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ। फरार रहेका अन्य १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजी कार्य अघि बढाइएको विभागले जनाएको छ।

म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि विभागले निगरानी बढाएको छ। संस्था अनुगमन शाखाले विभिन्न विषयमा तीन वटा म्यानपावर कम्पनीलाई स्पष्टीकरण तथा आवश्यक पत्राचार गरेको छ। साथै, ४७ वटा म्यानपावर कम्पनी र सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) प्रदायक संस्थाको नवीकरण गरिएको विभागले जनाएको छ।

समस्यामा परेका श्रमिकको उद्धार तथा उजुरी व्यवस्थापनतर्फ पनि विभाग सक्रिय रहेको जनाएको छ। विभागका अनुसार एकै दिन दुई जना श्रमिकको उद्धार गरिएको, पाँच वटा उजुरी फर्छ्योट गरिएको तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सम्झौताअनुसारको सेवा–सुविधा उपलब्ध गराउने विषयमा दुई वटा प्रतिबद्धता प्राप्त भएको छ।

त्यसैगरी पीडितलाई न्याय दिलाउने उद्देश्यले आठ पटक दुईपक्षीय छलफल सञ्चालन गरिएको र एक जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’मार्फत प्राप्त नौमध्ये पाँच वटा गुनासो तत्काल सम्बोधन गरिएको छ। विभागको कल सेन्टरमा प्राप्त ४६ वटा गुनासोमध्ये ४४ वटाको सोही दिन समाधान गरिएको विवरणमा उल्लेख छ।

विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाउँदै श्रमिकलाई ठगी गर्ने जोकोहीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

0 Comments