१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन उद्यममा जोडिँदै नवलपुरका महिला

अ+ अ-

 नवलपरासी । वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् ।

जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोको उपयोग गरी विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान सञ्चालन गरेका हुन् ।

पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको छ । उनीहरूले थाकलबाट झोला, टेबल म्याट, टिम्याट, टोपी, गमला, सजावटका सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गरिरहेका छन् । त्यस्तै अम्रिसोबाट कुचो उत्पादन गरी स्थानीय बजारदेखि काठमाडौँसम्म बिक्री गर्दै आएका छन् ।

नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार केही वर्षअघि थाकलको झोला बुन्ने तालिम लिएपछि सामान्य झोला उत्पादनबाट सुरु गरिएको उद्यम अहिले विभिन्न प्रकारका हस्तकलाका सामग्री र अम्रिसोका कुचो उत्पादनसम्म विस्तार भएको छ । हाल समूहमा करिब २० जना महिला सक्रिय रूपमा आबद्ध रहेका उनले जानकारी दिइन् ।

उनका अनुसार समूहका सदस्यहरूले सामुदायिक वनबाट थाकल संकलन गरी त्यसलाई प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्छन् । उत्पादनमा संलग्न सदस्यहरूलाई निश्चित पारिश्रमिक प्रदान गरिन्छ भने बाँकी बचत पुनः उद्यम विस्तारमा लगानी गर्ने व्यवस्था गरिएको उनले बताइन् ।

उद्यममा आबद्ध खगिसरा लुङ्गेलीले घरधन्दा सकेपछि फुर्सदको समयमा घरमै बसेर थाकलका झोला, टोपी तथा अम्रिसोका कुचो बनाउने गरेको बताउनले बताइन् । उद्यमबाट हुने आम्दानीले व्यक्तिगत खर्च व्यवस्थापन गर्न तथा परिवारको आर्थिक आवश्यकतामा सहयोग पुगेको उनको भनाइ छ ।

भर्खरै कुचो बनाउने तालिम लिएकी कुमारी श्रेष्ठले अन्य महिलाहरू उद्यममार्फत आत्मनिर्भर बनेको देखेपछि आफू पनि समूहमा आबद्ध भएको बताइन् । सीप हासिल गरेपछि आफ्नै मेहनतबाट आम्दानी गर्न सकिने आत्मविश्वास बढेको उनले सुनाइन् ।

समूहले उत्पादन गरेका सामग्रीहरू मुख्यतः घरबास (होमस्टे), पर्यटन क्षेत्र तथा काठमाडौँसम्म पुग्ने गरेका अध्यक्ष रायमाझीले जानकारी दिइन् । पछिल्लो समय बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ग्राहक स्वयं माग गर्दै आउने गरेका उनले बताइन् ।

नमूना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङका अनुसार थाकलबाट हस्तकला सामग्री उत्पादनसँगै व्यावसायिक रूपमा अम्रिसोका कुचो उत्पादनलाई समेत विस्तार गरिएको छ । आफ्नै सामुदायिक वनमा पर्याप्त अम्रिसो नहुँदा अन्य सामुदायिक वनबाट कच्चा पदार्थ ल्याएर उत्पादन बढाइएको उनले जानकारी दिइन् ।

वनकी अध्यक्ष तामाङका अनुसार हाल काठमाडौँबाट एकैपटक एक सय वटा हस्तकला सामग्रीको माग आएको छ । माग बढ्दै जाँदा समूहमा आबद्ध महिला थप उत्साहित बनेका उनले बताइन् । उद्यमलाई व्यवस्थित बनाउन समूह दर्ता गरी संस्थागत रूपमा सञ्चालन गरिएको तामाङले जानकारी दिइन् । उद्यम विस्तार गर्ने उद्देश्यले केही दिनअघि मात्रै थप २० जना महिलालाई तालिम प्रदान गरिएको थियो । उक्त तालिम सञ्चालनका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको उनले बताइन् ।

वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै सञ्चालन गरिएको यस उद्यमले महिला सशक्तीकरण, आयआर्जन र स्थानीय रोजगारी प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताए । न पैदावारको दिगो उपयोग मार्फत वातावरण संरक्षणसँगै ग्रामीण महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन डिभिजन वन कार्यालयले यहाँका सामुदायिक वनलाई प्रोत्साहन गर्दै आएको उनले बताए ।  

0 Comments