१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामाको लहरसँगै बढ्यो ई-पेन्सनको चाप, सेवा पर्खाइ शून्यमा झार्न सात कर्मचारी परिचालन

अ+ अ-

राजीनामा दिने कर्मचारीको संख्या बढेसँगै ई-पेन्सन सेवामा आवेदनको चाप बढेपछि राष्ट्रिय किताबखानाले विदाको दिन पनि सात कर्मचारी परिचालन गर्दै सेवा पर्खाइमा रहेका सबै ८४ आवेदन फर्छ्योट गर्न विशेष अभियान सञ्चालन गरेको छ।

काठमाडौँ । पछिल्लो समय निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या बढेसँगै ई-पेन्सन सेवाका लागि अनलाइन आवेदनको चाप उल्लेख्य रूपमा बढेको छ। सेवा पर्खाइ (ब्याकलग) मा रहेका आवेदन फर्छ्योट गरी शून्यमा झार्ने उद्देश्यले राष्ट्रिय किताबखाना (पेन्सन) ले आइतबार विशेष अभियान सञ्चालन गरेको छ।

राष्ट्रिय किताबखानाका अनुसार २०८२ फागुन ८ गतेदेखि सुरु भएको ई-पेन्सन सेवामा हालसम्म कुल ५१७ जनाले आवेदन दिएका छन्। तीमध्ये ४३३ जनाले सेवा प्राप्त गरिसकेका छन् भने अत्यधिक कार्यबोझका कारण ८४ वटा आवेदन अझै फर्छ्योट हुन बाँकी छन्। दैनिक रूपमा नयाँ अनलाइन आवेदन थपिने क्रम तीव्र रहेकाले सेवा पर्खाइ बढ्दै गएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको अन्त्यलाई मध्यनजर गर्दै सेवा पर्खाइमा रहेका सबै ८४ वटा आवेदन फर्छ्योट गर्ने लक्ष्यसहित ‘शून्य बाँकी ई-पेन्सन आवेदन’ विशेष अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत आइतबार विदाको दिनमा समेत सात जना कर्मचारीको विशेष टोली परिचालन गरिएको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले बताएका छन्।

उनका अनुसार अषार २५ गतेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अवकाशपछिका सुविधा भुक्तानीमा समस्या आउन सक्ने भएकाले विभिन्न जिल्लाबाट अनलाइनमार्फत ई-पेन्सनका लागि आवेदन दिई सेवा पर्खाइमा रहेका निवृत्त कर्मचारीको अनुरोधलाई समेत ध्यानमा राखेर विशेष अभियान सञ्चालन गरिएको हो।

राष्ट्रिय किताबखानाका अनुसार हाल कुल निवृत्त कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढीले ई-पेन्सन सेवा प्रयोग गरिरहेका छन्। श्रेणीविहीनदेखि विशिष्ट श्रेणीसम्मका निवृत्त कर्मचारी यस सेवाबाट लाभान्वित हुँदै आएका छन्। सेवा सुरु भएयता ई-पेन्सनप्रति सेवाग्राहीको आकर्षण निरन्तर बढ्दै गएको कार्यालयको भनाइ छ।

महानिर्देशक पोखरेलका अनुसार पछिल्लो समय राजीनामा दिने कर्मचारीको संख्या बढ्दै जाँदा ई-पेन्सन सेवामा आवेदन दिनेहरूको चाप पनि स्वाभाविक रूपमा बढेको छ। चालु अषार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनको तथ्यांकअनुसार १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् भने १४६ जनाले राजीनामा दिएका छन्। पछिल्लो प्रवृत्तिले अनिवार्य अवकाशभन्दा राजीनामा दिने कर्मचारीको संख्या तुलनात्मक रूपमा बढेको देखाएको उनले बताएका छन्।

राष्ट्रिय किताबखानाका अनुसार पछिल्ला १५ कार्यदिनमा सहायकस्तरका ७९, शाखा अधिकृतस्तरका २९, उपसचिवस्तरका ३३ तथा सहसचिवस्तरका पाँच जनाले राजीनामासहित पेन्सनका लागि आवेदन दिएका छन्।

राष्ट्रिय किताबखानाले ई-पेन्सन सेवाको प्रयोग बढ्दै जाँदा सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र पूर्ण रूपमा डिजिटल बनाउने कामलाई निरन्तरता दिइने जनाएको छ। विशेष अभियानमार्फत सेवा पर्खाइमा रहेका सबै आवेदन फर्छ्योट गरी ब्याकलग शून्यमा झार्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।

0 Comments