२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण कार्य निरन्तर रहने मन्त्री रावलको दाबी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानलाई सरकारले प्राथमिक एजेन्डाका रूपमा अघि बढाइरहेको बताएकी छन्।

राष्ट्रिय सभाको विनियोजन विधेयक, २०८३ सम्बन्धी छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने सरकारी नीति कार्यान्वयन चरणमा रहेको जानकारी दिइन्। उनका अनुसार सरकारले बर्दियाबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गरिसकेको छ र यसका लागि आवश्यक बजेटको अभाव नहुने व्यवस्था गरिएको छ।

उनले वैज्ञानिक भूमिसुधार, उत्पादनमुखी भूमि व्यवस्थापन तथा स्थानीय तहको संस्थागत सुदृढीकरणलाई पनि सरकारले समानान्तर रूपमा अघि बढाइरहेको उल्लेख गरिन्।

मन्त्री रावलका अनुसार हालसम्म करिब १२ लाख भूमिहीन तथा सुकुम्वासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन्। सो कार्यलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट रु. ६१ करोड ३० लाख विनियोजन गरिएको उनले जानकारी दिइन्।

0 Comments