२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हेलो सरकार’ प्रणालीको स्थलगत अनुगमन, गुनासो व्यवस्थापनमा समयमै प्रतिक्रिया दिन मन्त्रीहरूको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘हेलो सरकार’ शाखाको निरीक्षण गर्दै नागरिक गुनासो व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन जोड दिएका छन्।

मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको निरीक्षणका क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि सहभागी थिए। टोलीले ‘हेलो सरकार’मार्फत हुने गुनासो दर्ता, सेवा प्रवाह, समन्वय र फर्छ्योट प्रक्रियाबारे जानकारी लिएको थियो।

अवलोकनका क्रममा मन्त्रीद्वयले नागरिकबाट प्राप्त हुने गुनासोलाई संवेदनशील रूपमा लिएर सम्बन्धित मन्त्रालयले निर्धारित समयभित्र सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले गुनासो समाधानमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै सेवा प्रवाहलाई थप उत्तरदायी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

उनीहरूको भनाइमा ‘हेलो सरकार’मा बढ्दो गुनासो दर्ताले सरकारी संयन्त्रमार्फत आफ्ना समस्या समाधान हुने अपेक्षा नागरिकमा बढ्दै गएको संकेत गर्छ। त्यसैले प्राप्त उजुरी तथा गुनासाको शीघ्र फर्छ्योटलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

मन्त्रालयसँग सम्बन्धित विषयमा प्राप्त गुनासो छिटो सम्बोधन गर्न अन्तर निकाय समन्वय प्रणालीलाई थप सुदृढ बनाइने पनि मन्त्रीद्वयले बताएका छन्। पछिल्ला वर्षहरूमा ‘हेलो सरकार’ नागरिक र सरकारी निकायबीच प्रत्यक्ष संवादको प्रभावकारी माध्यमका रूपमा विस्तार हुँदै गएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्य योजनाअनुसार ‘हेलो सरकार’ सेवा २४सै घण्टा सञ्चालनमा ल्याइएको छ। बहुच्यानल पहुँच, आधुनिक सूचना प्रविधि र सबै मन्त्रालयसँग प्रत्यक्ष जोडिने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप व्यवस्थित बनाउने काम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आगामी चरणमा कृत्रिम बौद्धिकता (एआई)मा आधारित प्रणाली प्रयोग गरी गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा सेवाग्राहीलाई समाधान प्रक्रियाको प्रगति नियमित जानकारी गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांक अनुसार असार २४ गतेसम्म ‘हेलो सरकार’ प्रणालीमा एक लाख ३१ हजार ८७५ वटा गुनासा तथा उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ७० प्रतिशत गुनासा फर्छ्योट भइसकेका छन्।

कार्यालयका अनुसार वर्तमान सरकार गठन भएको चैत १३ गतेयता ‘हेलो सरकार’मा दर्ता हुने गुनासा तथा उजुरीको संख्या ८३८ प्रतिशतले बढेको छ भने सोही अवधिमा गुनासा फर्छ्योटको दर ९७५ प्रतिशतले वृद्धि भएको छ। यी तथ्यांकले गुनासो व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको संकेत गर्ने प्रधानमन्त्री कार्यालयको भनाइ छ।

Leave a Reply