काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि बिहीबार एक पुरुषले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
घटनापछि प्रहरी र स्थानीयले तत्काल उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
जिल्ला प्रहरी परिसरका अनुसार ती पुरुषले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए। घटनापछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएका छन् ।
घाइतेको परिचय तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गर्नुको कारणबारे पनि अनुसन्धान भइरहेको छ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा नगरपालिकाको पार्किङसम्बन्धी विवादसँग जोडिएको हुन सक्ने सूचना प्राप्त भएको भए पनि त्यसबारे यकिन हुन बाँकी रहेको एक प्रहरी अधिकारीले प्रशासनलाई बताए।
ूनगरपालिकाको पार्किङसम्बन्धी विवाद भएको भन्ने बुझिएको छ। त्यस कोणबाट पनि अनुसन्धान भइरहेको छ। अहिले नै घटनाको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन,ू ती प्रहरी अधिकारीले भने।
प्रहरीले घटनाका सबै सम्भावित पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।







