२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत श्रम स्वीकृतिको व्यवस्था विपरीत काम गरेको भन्दै म्यानपावर कम्पनीलाई जरिवाना

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै ओशो रिक्रुटिङ एजेन्सी प्रालि (इजाजतपत्र नं. ७९५/०६५-६६) माथि कारबाही गरेको छ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा ३ मा इजाजतपत्र प्राप्त संस्थाले व्यक्तिगत श्रम स्वीकृतिको माध्यमबाट कामदार पठाउन नपाउने व्यवस्था रहेको छ। उक्त प्रावधानको कार्यान्वयनका लागि विभागले २०८२ चैत २७ गते सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थाहरूलाई सचेत गराएको थियो।

तर अनुगमन तथा अध्ययनका क्रममा उक्त कानुनी व्यवस्थाको पालना नभएको पाइएपछि विभागले २०८३ असार २५ गतेको निर्णयअनुसार सम्बन्धित म्यानपावर कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

विभागले पहिलो पटकको उल्लंघनका रूपमा ऐनको दफा ५४ बमोजिम सचेत गराएको छ भने दफा ५२ अनुसार तीन लाख रुपैयाँसम्मको जरिवाना तोकेको जनाएको छ।

वैदेशिक रोजगार सेवालाई व्यवस्थित, पारदर्शी र कानुनअनुकूल बनाउन इजाजतपत्र प्राप्त संस्थाहरूले प्रचलित कानुनी मापदण्डको पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ।

Leave a Reply