२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएकी छन् । 

कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उनले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको भरोसा रहेकाले त्यसअनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताएकी छन् । कानुनी एवं नीतिगत व्यवस्था गर्न आफू तत्पर रहेको पनि उनले बताइन् । 

मन्त्री चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत विवरण तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन् । 

उनले कार्यान्वयनमुखी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । 

विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिकविहीन प्रशिक्षण र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका थिए । 

विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई ‘इन्टर्नशिप’मा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण त्यसो गर्न नसकिएको उनीहरूले बताए । 

Leave a Reply