२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभागमा एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो फर्छ्योट

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरीको अनुसन्धान, संस्थागत अनुगमन तथा गुनासो व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ। विभागले शुक्रबार सम्पन्न दैनिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै विभिन्न शाखाबाट भएका गतिविधिको जानकारी दिएको हो।

विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म २२ वटा नयाँ मुद्दा दर्ता भएका छन्। सोही अवधिमा १४ वटा मुद्दा मिलापत्रमार्फत टुंग्याइएको छ भने ८ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ।

त्यस्तै, १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विभागले जनाएको छ। थप ३५ जनालाई पक्राउ गर्न सम्बन्धित निकायबाट अनुमति लिइएको छ। अनुसन्धान प्रक्रियाका क्रममा बैंकलाई पठाइएका पत्र, अभियोग पत्र तथा राय पत्रसहित कुल १२६ वटा पत्राचारसमेत गरिएको विभागको विवरणमा उल्लेख छ।

संस्था अनुगमन शाखाले सोही दिन दुई वटा राहदानी वितरण गरेको तथा दुई वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई पत्राचार गरेको जनाएको छ। शाखामा दर्ता भएका ६ वटा उजुरीमध्ये पाँच वटाको टेलिफोनमार्फत समाधान गरिएको छ।

संस्था दर्ता शाखाले सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) सञ्चालन गर्ने संस्थाको नवीकरण गरेको छ। साथै, २२ वटा म्यानपावर कम्पनीको इजाजत पत्र नवीकरण गरिएको विभागले जनाएको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’ प्रणालीमार्फत प्राप्त दुईमध्ये एउटा गुनासो समाधान भइसकेको छ भने अर्को अध्ययनकै क्रममा रहेको विभागले जनाएको छ। त्यसैगरी, कल सेन्टरमा दर्ता भएका ५१ वटा गुनासोमध्ये ५० वटाको समाधान गरिएको र एउटा गुनासो प्रक्रियामै रहेको विभागले जानकारी दिएको छ।

Leave a Reply