काठमाडौँ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी गणको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्।
२०८३ असार २६ गते भएको निरीक्षणका क्रममा डिआइजी भट्टराईले गण परिसरमा रहेका कार्यालय भवन, विभिन्न शाखा, ब्यारेक, मेस तथा अन्य भौतिक संरचनाको अवलोकन गरेका थिए।
निरीक्षणपछि गणमा कार्यरत प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै उनले संगठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्न उच्च व्यावसायिकता, अनुशासन र इमानदार कार्यशैली अपनाउन निर्देशन दिए।
उनले देश र नागरिकको सेवामा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहयोग, भाइचारा र सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
डिआइजी भट्टराईले प्रहरी संगठनको मर्यादा र विश्वसनीयता कायम राख्न आचरण विपरीतका कुनै पनि गतिविधिबाट टाढा रहन निर्देशन दिए। साथै, सकारात्मक सोच, उच्च मनोबल र जिम्मेवार व्यवहारसहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।







