३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीबाट आर्जित सीप र पुँजीलाई उद्यममा रूपान्तरण गर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ। नेपाल-दक्षिण कोरिया श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित ‘नेपाल-कोरिया श्रम सहयोग सेमिनार २०२६’ सम्पन्न भएको छ। कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गरी आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्ने विषयमा जोड दिइएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा सम्पन्न कार्यक्रममा श्रम आप्रवासनलाई केवल आम्दानीको माध्यम नभई सीप विकास, लगानी र उद्यमशीलता प्रवर्द्धनको अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले रोजगार अनुमति प्रणाली ९ईपीएस० ले नेपालमा आर्थिक रेमिट्यान्ससँगै सामाजिक रेमिट्यान्ससमेत भित्र्याइरहेको बताए। कोरियाबाट फर्किएका नेपाली कामदारहरूले सीप, अनुशासन, आत्मविश्वास र कार्य अनुभव हासिल गरी रोजगारी खोज्ने अवस्थाबाट उद्यमी बन्ने दिशामा अघि बढेको उनको भनाइ थियो।

मन्त्री यादवले मन्त्रालयले हालै सम्मान गरेका सफल उद्यमीमध्ये दक्षिण कोरियाबाट फर्किएका व्यक्तिहरूको सहभागिताले वैदेशिक रोजगारीबाट प्राप्त अनुभवलाई स्वदेशमा उपयोग गर्न सकिने देखाएको उल्लेख गरे।

दक्षिण कोरियाको विकास यात्रालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले श्रमिक पठाउने अवस्थाबाट आफ्नै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्ने देशका रूपमा कोरिया अघि बढेको बताए। नेपालले पनि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतासँग जोड्ने नीतिगत दृष्टिकोण बनाउनुपर्नेमा उनले जोड दिए।

उनले ईपीएस प्रणालीको पारदर्शी छनोट प्रक्रिया र डिजिटल व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय श्रम आप्रवासनको प्रभावकारी अभ्यासका रूपमा उल्लेख गरे। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले सुधारका कार्यक्रम अघि बढाइरहेको र ईपीएस प्रणालीबाट सिक्न सकिने विषय धेरै रहेको उनको भनाइ थियो।

मन्त्री यादवले ईपीएसमा सहभागी हुन चाहने युवालाई सही र विश्वसनीय सूचना उपलब्ध गराउने व्यवस्था गर्न तथा विदेशमा रहेका नेपाली श्रमिकको कार्यस्थल सुरक्षा र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।

त्यस्तै, दक्षिण कोरियाबाट फर्किएका तथा फर्किने तयारीमा रहेका नेपाली कामदारको पुन:एकीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन दुवै देशबीच थप सहकार्य आवश्यक रहेको उनले औँल्याए।

सेमिनारमा नेपालका लागि दक्षिण कोरियाली राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी अधिकारी तथा ईपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरूको सहभागिता रहेको थियो।

0 Comments