काठमाडौँ । नागढुंगा-मुग्लिन सडक खण्डअन्तर्गत धादिङको जवाङखोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरोका कारण सडकमा आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। हाल उक्त क्षेत्रमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको कार्यालयले जनाएको छ।
सडक अवरोध हटाउन आवश्यक पहल भइरहेको र बाटो खुल्ने बित्तिकै थप सूचना सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
पहिरोका कारण राजमार्गमा रोकिएका सवारीसाधन तथा यात्रुको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।








