३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सदस्यमा विनोद फुयाँल नियुक्त

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विनोद फुयाँल सदस्य नियुक्त भएका छन्।

मन्त्रालयले काठमाडौँ महानगरपालिका-६, मनोहरा निवासी चाटर्ड एकाउन्ट तर्फ फुयाँललाई सहकारी ऐन, २०७४ को दफा १०३ग को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्राधिकरणको सदस्यमा नियुक्त गरेको हो। उनको पदावधि चार वर्ष रहने मन्त्रालयले जनाएको छ।

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव मदन भुजेलले सम्हालिरहेका छन् भने प्राधिकरणमा अध्यक्ष सहित थप एक सदस्य नियुक्त गर्न बाँकी छ । अध्यक्ष रिक्त रहँदा स्वतः सचिव अध्यक्ष हुने व्यवस्था रहेको छ । 

संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न २०८१ सालमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरिएको हो। ललितपुरको हरिहरभवनस्थित केन्द्रीय कार्यालय रहेको प्राधिकरणमा एक अध्यक्षसहित चार सदस्य रहने कानुनी व्यवस्था छ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण र अनुगमनका लागि राष्ट्रिय मापदण्ड तयार गर्ने, नियामकीय मापदण्ड लागू गर्ने, बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारी संस्थाको नियमित निरीक्षण, उजुरी सुनुवाइ र नियामकीय परीक्षणलगायतका कार्य गर्ने अधिकार राखेको छ।

हालको नियुक्तिसँगै प्राधिकरणलाई पूर्णता दिने प्रक्रिया अघि बढेको भए पनि बाँकी एक सदस्य नियुक्त भएपछि मात्र यसको पूर्ण संरचना कायम हुनेछ।

0 Comments