१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलन उपचार सेवालाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको तयारी, उपचार मापदण्ड र जनशक्ति विकासमा जोड

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देशभर जलनका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले उपचार प्रणाली सुदृढ बनाउने, स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने तथा एकीकृत उपचार मापदण्ड लागू गर्ने विषयमा विशेषज्ञहरूसँग छलफल गरेकी छन्।

बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियन्ता उज्ज्वल थापासँग नेपालमा जलन उपचार सेवाको अवस्था, देखिएका समस्या र सुधारका सम्भावित उपायबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा दुर्घटनापछि प्रारम्भिक चरणमै सही उपचार उपलब्ध गराउन प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप स्वास्थ्यकर्मीमा विस्तार गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो। स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पताल, प्रदेश अस्पताल तथा संघीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

देशभर जलन उपचार सेवामा एकरूपता, गुणस्तर र वैज्ञानिक अभ्यास सुनिश्चित गर्न स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल (एसटीपी) तयार गरी सबै तहका स्वास्थ्य संस्थामा लागू गर्ने विषय पनि छलफलको प्रमुख एजेन्डा बनेको मन्त्रालयले उल्लेख गरेको छ।

त्यसैगरी, स्थानीय, प्रदेश र संघीय तहबीच जलन उपचार सेवाको स्पष्ट प्रणाली विकास गर्ने, जटिल अवस्थाका बिरामीलाई समयमै उपयुक्त अस्पतालमा रिफर गर्ने व्यवस्था सुदृढ बनाउने, उपचार सेवाको पहुँच विस्तार गर्ने तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको थियो।

मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको प्राथमिकतामा राखेर आवश्यक सुधार अघि बढाइने बताउँदै यस क्षेत्रमा कार्यरत विशेषज्ञ संस्था र अभियन्तासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताइन्। प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म बिरामीको सहज पहुँच सुनिश्चित गर्ने प्रणाली विकास मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

भेटका क्रममा जलनबाट बच्ने उपायबारे जनचेतना अभिवृद्धि, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि, उपचारसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन तथा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरले हासिल गरेको प्राविधिक अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जलन उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, विभिन्न तहका स्वास्थ्य संस्थाबीच समन्वय विस्तार तथा आगामी सहकार्यका सम्भावित क्षेत्रबारे समेत छलफल गरिएको छ।

0 Comments