काठमाडौँ । लोक सेवा आयोगले नर्सिङ अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको विज्ञापन नम्बर ४५/२०८२-०८३ (आ.प्र.), प्राविधिक/नर्सिङ सेवा/समूह, ७ तह, नर्सिङ अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको विज्ञापन नं ४३-४४/२०८२-०८३ (खुला र मधेशी), प्राविधिक/रेडियोलोजी सेवा/समूह, ७ तह, रेडियोलोजी टेक्नोलोजिष्ट पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








