३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंका भ्रमण सम्पन्न गरी ‘प्रचण्ड’ स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

भ्रमणका क्रममा दाहालले इन्टरनेसनल पिपुल्स एसेम्बलीको आयोजनामा भएको ‘ह्यान्ड्स अफ एसिया’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

श्रीलंकामा रहँदा उनले त्यहाँका विभिन्न वामपन्थी राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता तथा छलफल गरेका थिए। यस क्रममा श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिवसहित पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय राजनीतिक विषयमा संवाद भएको थियो।

त्यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भा तथा उक्त दलको पोलिटब्युरोसँग पनि दाहालले भेटवार्ता गरेका थिए।

भ्रमण अवधिमा उनले विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील विचारकहरूसँग समेत छलफल गरेका थिए।

दाहाल गत १५ जुलाईमा श्रीलंका पुगेका थिए। भ्रमणका क्रममा उनले क्षेत्रीय राजनीति, वामपन्थी आन्दोलन र अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित विषयमा विभिन्न पक्षसँग विचार आदानप्रदान गरेको बताइएको छ।

0 Comments