६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप अधिकारी प्रकरण : सेनाकी सह-सेनानी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्र

अ+ अ-

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित पूर्व महानिर्देशक प्रदीप अधिकारीकी पत्नी तथा नेपाली सेनाकी सह–सेनानी सुफल केसीमाथि अनुसन्धान गर्न अख्तियारले रक्षा मन्त्रालय र जंगी अड्डालाई पत्राचार गरेको छ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दायर गरिएको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दासँग जोडिएको विषयमा उनकी पत्नी तथा नेपाली सेनाकी प्राविधिक सह-सेनानी (क्याप्टेन) सुफल केसीमाथि आवश्यक अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डामा पत्राचार गरेको छ।

अख्तियारले मंगलबार सार्वजनिक गरेको निर्णयअनुसार अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने क्रममा जग्गा खरिद-बिक्री तथा आर्थिक कारोबारमा उनकी पत्नीको समेत संलग्नता देखिएको भन्दै सम्बन्धित निकायमार्फत थप अनुसन्धान अघि बढाउन पत्राचार गर्ने निर्णय गरेको हो।

आयोगले अधिकारीमाथि विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनीका सञ्चालकहरूसँगको जग्गा कारोबारमार्फत घुस लिई सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियार स्रोतका अनुसार उक्त आर्थिक कारोबारमा अधिकारीले पत्नीको बैंक खातासमेत प्रयोग गरेको देखिएको छ। आयोगले कुमारी बैंकका मूल्यांकनकर्ताले सम्बन्धित जग्गाको मूल्य तीन करोड ३४ लाख रुपैयाँ निर्धारण गरेको भए पनि कारोबारमा ७५ लाख रुपैयाँ मात्र देखिएको उल्लेख गर्दै बाँकी रकमको स्रोत तथा हिसाब सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेको छ।

आयोगको निर्णयमा सह-सेनानी सुफल केसीका सम्बन्धमा प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाउन रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डालाई लेखी पठाउने उल्लेख गरिएको स्रोतले जनाएको छ ।

यसअघि अख्तियारले सार्वजनिक गरेको मुद्दा विवरणमा अधिकारीकी पत्नीसमेत जग्गा कारोबारमा संलग्न रहेको उल्लेख भए पनि उनको नाम र पदीय जिम्मेवारी सार्वजनिक गरिएको थिएन। अहिले सार्वजनिक निर्णयबाट उनी नेपाली सेनाकी प्राविधिक सह–सेनानी रहेको र उनीमाथि छुट्टै अनुसन्धानका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको खुलेको हो।

0 Comments