काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्मचारी संचय कोषको विज्ञापन नं ३२-३३/०८२-८३ (खुला र महिला), प्रशासन,प्रशासन सेवा/समूह, चौथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
यस्तै आयोगले नागरिक लगानी कोषको विज्ञापन नं सिआइटी-१५/०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, चौथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको जनाएको छ ।
हेर्नुहोस् नतिजा :











