काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी संचय कोषको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्मचारी संचय कोषको विज्ञापन नं २०/०८२/८३ (खुला),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक (वित्त विश्लेषक), विज्ञापन नं १८-१९/०८२/८३ (खुला,दलित),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) र कर्मचारी संचय कोषको विज्ञापन नं १७/०८२/८३ (खुला),प्राविधिक सेवा, सूचना प्रविधि समूह, सातौँ तह, उप प्रबन्धक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा









