११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ-मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाउँमा उपकरण

अ+ अ-

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ ।

बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए । उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ ।

हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ । तुईन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ ।

ठूलो क्षेत्रमा पहिरो आएमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए । उनले त्यस क्षेत्रमा पहिरो खस्नासाथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जानकारी दिए । वर्षात् सुरु भए सँगै दैनिक जसो ठूला–साना पहिरो झरिरहेका छन् ।

ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ । सो सडकखण्डमा मध्यमदेखि उच्चसम्मका गरी ४३ ठाउँमा पहिरोको जोखिम छ । त्यसमध्ये सात ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छन् । हिउँदमा समेत उक्त सडकखण्डमा सुख्खा पहिरो जाने गरेको छ ।

मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन राजधानी भित्रने र बाहिरिने गर्दै आएको पाइन्छ । हाल राजधानी काठमाडौँको लाइफलाइनका रूपमा त्यो सडक रही आएको छ ।

0 Comments