११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी घटनाबारे मानव अधिकार आयोगको अनुगमन, संयमित हुन आग्रह

अ+ अ-

काठमाडौँ । सुनसरीको देवानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको विवाद, त्यसपछि उत्पन्न झडप र प्रहरीले गरेको गोली प्रहारको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले सामाजिक शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयमित भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको जानकारी अनुसार कोशी प्रदेश कार्यालय, विराटनगरबाट खटिएको टोलीले घटनाको प्रारम्भिक अध्ययन तथा तथ्य संकलन गरिरहेको छ । टोलीले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी नेतृत्व, सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दासँग घटनासम्बन्धी विवरण लिइरहेको आयोगले जनाएको छ ।

प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने विषयमा थप चर्किएको र त्यसपछि दुई पक्षबीच तनाव बढ्दै गएर तोडफोड तथा झडपको अवस्था सिर्जना भएको आयोगले उल्लेख गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको तथा नौ जना घाइते भएको जानकारी आयोगले सार्वजनिक गरेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि विभिन्न स्थानमा विरोध प्रदर्शन, टायर बाल्ने तथा लाठी र रडसहित प्रदर्शन गर्ने गतिविधि देखिएको आयोगले जनाएको छ । कप्तानगञ्जलगायतका क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बनेपछि स्थिति नियन्त्रणका लागि नेपाली सेना परिचालन गरिएको जानकारी प्राप्त भएको आयोगले उल्लेख गरेको छ ।

घटनापछि उत्पन्न सुरक्षा चुनौती समाधान गर्न, निष्पक्ष अनुसन्धानमार्फत दोषी पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउन, मृतकका परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको प्रभावकारी उपचार सुनिश्चित गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले विवाद समाधानका लागि संवाद र सहकार्यको बाटो अवलम्बन गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षबाट जिम्मेवार भूमिका आवश्यक रहेको आयोगको भनाइ छ ।

0 Comments