हेटौँडा । लोक सेवा आयोग, हेटौँडा कार्यालयले खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ।
आयोगको विज्ञापन नम्बर १२५०१/०८२-८३ (आन्तरिक प्रतियोगिता) अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने उक्त परीक्षाका लागि हेटौँडा परीक्षा केन्द्र तोकिएका उम्मेदवारहरूको परीक्षा भवन तोकिएको हो।
अनलाइन प्रणालीमार्फत दरखास्त दिई स्वीकृत भएका उम्मेदवारहरूका लागि आयोगले हेटौँडाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा परीक्षा केन्द्र भवन निर्धारण गरेको जनाएको छ।
हेर्नुहोस् सूचना :







